दलीय अडानले विवाद झन पेचिलो बन्दै

154
  •  
  •  
  •  

3-dal-meeting-final2काठमाडौं, २८ कात्तिक _(ओएनएस): संविधानसभामा पठाउने प्रस्तावका विषयमा नै दलहरुबीच मत बाझिएको छ । समय थप गर्ने वा संवैधानिक समितिबाट प्रतिवेदन समतिमा पठाउने भन्ने विषयमा कुरा नमिल्दा शुक्रबार बिहान सबैको चरणवद्ध छलफल निस्कर्ष बिहीन बनेको छ ।

छलफलमा एकीकृत नेकपा माओवादीले केहीदिन समय मागगरि सहमति सहितको प्रतिवेदन बुझाउने पर्ने प्रस्ताव गरेकोमा सत्तासिन दलले अस्वीकार गरेका छन् । उनीहरुले संवैधानिक समितिले अहिले गरेको छलफलको विबरणसहित सबै प्रस्ताव जस्ताको तस्तै पेस गनुर्नपर्ने धारणा राखेका छन् ।

छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पाच दिनसम्म संबैधानिक राजनीतिक संबाद समितिको बैठक स्थगित गरेर तीनदलमा सहमतिको प्रयास गर्नुपर्ने प्रस्ताव राखेका थिए । कांग्रेस एमालेले सहमतिको नाममा फेरि म्याद थप्ने र समय खेर फाल्ने षड्यन्त्र भएको आरोप लगाउँदै तत्काल प्रस्ताव अस्वीकार गरे ।

बैठकपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले छिटो सहमति टुङ्ग्याउन भन्दा लम्ब्याउन चाहेको बताए । उनले चरणवद्ध छलफलबाट पनि कुनै प्रगति नभएको बताए । एमाओवादी उपाध्यक्ष नारायण्ँकाजी श्रेष्ठले कांग्रेस एमाले सहमतिको पक्षमा नरहेको आरोप लगाए । ‘प्रश्नवालीका निम्ति पनि सहमति आबश्यक पर्छ’ वैठकपछि श्रेष्ठले भने, ‘तर कांग्रेस एमालेको ध्यान त्यसमा छैन बहुमतबाट जाने कुरामा मात्रै छ ।’


  •  
  •  
  •