माओवादी नेता एमालेमा प्रवेश

492
  •  
  •  
  •  

काठमाडौं, ७ साउन (ओएनएस) : एकीकृत नेकपा माओवादी हुम्ला जिल्ला समितिका सचिवालय सदस्य तथा पाका बामपन्थी नेता चन्दबहादुर शाही माओवादी त्यागी एमाले प्रवेश गरेका छन् । मालिका मा.वि. लादी, हुम्लाका पूर्व प्रधानाध्यापक समेत रहेका शाही लामो समय एकीकृत माओवादीको राजनीति गरेका थिए ।

काठमाडौमा बुधवार आयोजित कार्यक्रममा नेकपा एमालेका नेता माधव कुमार नेपालले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् । एमाओवादीले देश र जनताको हितको पक्षमा काम गर्न नसक्ने ठहर गर्दै एमालेबाट मात्र साँचो क्रान्ति र वास्तविक परिवर्तन संभव भएकोले एमालेमा प्रवेश गरेको बताए ।

नेता नेपालले सही दृष्टिकोण सहित स–साना टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै जान सकेमा वामपन्थी आन्दोलन थप विश्वासिलो र प्रभावकारी हुने बताए । उनले बाटो विराएका र विभिन्न समूहमा रहेका अन्य बामपन्थी समूहहरुलाई समेत नेकपा (एमाले)को मूलधारमा समाहित हुन आह्वान गरेका छन् ।


  •  
  •  
  •