पार्टी एकतालाई अन्तिम रुप दिन नेकपा सचिवालय बैठक बस्दै

396
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख(ओएनएस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन सचिवालय बैठक आज बस्दैछ ।

फाइल तस्बिर

पार्टीका शिर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि ‘अनुमोदन’का लागि बिहीबार साँझ सचिवालय बैठक बस्न लागेको हो ।

यसअघि आइबार बिहान नेकपा शिर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।

यस्तै नेकपाका दोस्रो तहका नेता तथ जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको छ । बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो ।

छलफलबाट टुंगोमा पुगेका विषयलाई नेकपा सचिवालयले अन्तिम खाका तयार गर्नेछ ।
सचिवालयलाई उक्त सहमति अनुमोदन गराएर सोमबार सांगठनिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।
कम्युनिष्ट पार्टीको ७० औं एकता दिवस अर्थात् विश्व लेनिन जयन्तीका अवसरमा पार्टी एकता घोषणा गर्न लागिएको हो । सोमबार १२ बजे काठमाडौंस्थित प्रज्ञाभवनमा घोषणासभा आयोजना गर्ने निर्णय भएको छ ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड केही दिनदेखि निरन्तर एकता प्रक्रियालाई अन्तिम रुप दिन लागिपरेका थिए । दुई अध्यक्षबीच सहमति भएपछि महासचिव पौडेलसहित पार्टीको एकता प्रक्रियामा असहमत वरिष्ठ नेता नेपालसँग ३ दिनदेखि छलफल भइरहेको छ ।


  •  
  •  
  •