५०/५० को आधारमा एकता हुँदैन्, गणितको कुरा छोडिदिनुहोस् : एमाले नेता पोखरेल

293
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख (ओएनएस): नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संख्या अर्थात् ५०÷५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुँदैन, म स्पष्ट पार्न चाहन्छु।’

काठकाडाैँमा बिहीबार अाेयाेजित कार्यक्रममा बोल्दै नेता पोखरेलले पार्टी एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक हुने भएकोले गणितको आधारमा एकता नहुने स्पष्ट पारे । ‘एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक रह्यो, त्यसैले गणितको आधारमा एकता हुँदैन्’ उनले भने,‘प्रश्न गणितको होईन, हामी योग्य र सक्षम नेताहरुलाई जिम्मेवारी दिन्छौं, संख्या त १/२ जना तलमाथि हुनसक्छ।’
कार्यक्रम बोल्दै उनले दुवै पार्टीका नेताहरुले अब एकता प्रक्रियालाई छामछामछुमछुम पार्न नहुने स्पष्ट पारे । उनले पार्टी एकता बराबरी वा घटी भन्दापनि दुवै पार्टीका नेताहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गर्नेगरि हुने जिकिर गरे । उनले भने,‘एक÷दुई जना एमालेका वा एक÷दुई जना माओवादीका साथीहरु बढि घटि हुनसक्छन्, संख्याको आधारमा एकता हुँदैन्।’ मुलुकमा ५० वर्ष नेतृत्व प्रदान गर्नेगरि दुवै पार्टीबीच एकता हुने उनको भनाई थियो ।

पोखरेलले दुई पार्टीबीचको एकता छिट्टै टुँगोमा पुग्ने दाबी गरे । उनले थपे,‘अब धेरै समय लाग्दैन्, चाँडै हामी एकता घोषणा गर्छौ, एकता किन ढिलाई भैरहेको छ भनेर अहिले जनताले सोध्न थालिसके, तपाईहरु पत्रकार मित्रहरुलेपनि एकता कहिले हुन्छ, के कारणले विलम्ब भयो भनेर सोध्दा यसमा त हाम्रो कमजोरी देखियो नि, समृद्ध नेपाल र सुखी नेपालीको नारा अनुसार देशलाई अघि बढाउनुपर्छ, एकताको नाममा अब अलमलिने फुर्सद छैन्।’


  •  
  •  
  •