‘पार्टी एकता’बारे प्रचण्डले गरे यस्तो खुलासा

257
  •  
  •  
  •  

काठमाडाैँका, ९ वैशाख (ओएनएस): माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम बिन्दुमा पुगेको बताएका छन।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित संयुक्त कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता प्रकृया अन्तिम बिन्दुमा पुगेकोले छिटै नै पार्टी एकता भएर नयाँ केन्द्रीय समिति
घोषणा हुने बताए।

‘दुई पार्टीबीच वैचारिक, सैद्धान्तिक, सांगठनिक र भावनात्मक एकता मिलाउन यति मिहिनेत गर्‍यौं, कार्यक्रम आयोजनामा भनेजति ध्यान जान सकेन, ब्यानर विवादले झन्डै ४ घन्टा ढिलोगरी सुरु भएको कार्यक्रममा अध्यक्ष दाहालले भने, नेतृत्वको संकल्प अझ बलियो भएको छ, पार्टी एकता गरेरै छाड्छौं।’उनले भने,’हामीबीच सम्मानजनक एकता गर्ने सहमति भएको भइसकेको छ।’


  •  
  •  
  •