सबै जनतालाई चकित पार्ने गरी प्रधानमन्त्री ओलीको गरे यस्तो प्रतिबद्धता

409
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारीक कार्यक्रममा सबै जनतालाई चकित पार्ने गरी एउटा यस्तो प्रतिबद्धता गरेका छन् । उक्त प्रतिबद्धताले नेपालमा गरीबीका रेखामुनी रहेका जनताहरु खुसी भएका छन्।

प्रधानमन्त्री ओलीले काम गर्न नसक्ने र भोकै बस्नेको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता ब्यक्त गरेका छन्। बिहिवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित अन्तरार्ष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै ओलीले समृद्धि र विकासका लागि नयाँ नारा अगाडी सारेको बताए।

प्रधानमन्त्री ओलीले भने, कोही भोकै पर्दैन, कोही भोकै मर्दैन यही नाराअनुसार काम गर्छ सरकारले।

ओलीले थपे, कोही भोको भएर मर्यो भने त्यसको जिम्मेवारी सरकारले लिन्छ। त्यसैगरी प्रधानमन्त्री ओलीले काम गर्न सक्नेलाई काम गर्न आग्रह गर्दै काम गर्न नसक्नेलाई सरकारले हेर्ने प्रतिवद्धता जनाए।


  •  
  •  
  •