आज पृथ्वी नारायण शाहको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइदै

1084
  •  
  •  
  •  

काठमाडौं,२६ पुस (ओएनएस): आज राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो । पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुलाई एकिकरण गरि सिंगो राष्ट्र बनाएका थिए । देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएको थियो । सरकारले पुष २७ लाई पृथ्वी जयन्तीको रुपमा मनाउने निर्णय गरेपछि फेरी पृथ्वी जयन्ती मनाउन थालिएको हो ।

पृथ्वी जयन्तीको अवसरमा सरकारले आज एक दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा अाज दिउसाे ३ बजे पुलिस क्लबमा चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा बिभिन्न पेसा व्यवसायी,कलाकार,संचारकर्मी लगाएतका लागि आमन्त्रण गरिएको छ ।


  •  
  •  
  •