पर्सा कांग्रेसमा विवाद: मनोनयनकै दिन सभापतिको घर घेराउ गरेर अनशन

198
  •  
  •  
  •  

congress
वीरगन्ज, २१ भदौ (ओएनएस) : असाजे २ गतेको निर्वाचनका लागि आज मनोनयनकै दिन पनि नेपाली कांग्रेसको विवाद टुंगिएको छैन ।

अन्तिम दिनसम्म पनि उम्मेदवारको टुंगो नलागेपछि पर्सामा विवाद उत्पन्न भएको छ । टिकटको विषयलाई लिएर नेपाली कांग्रेस पर्साका कार्यकर्ताहरुले सभापति अजय द्विवेदीको घरसमेत घेराउ गरी अनशन सुरु गरेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ताका वडाध्यक्षका आकांक्षी प्रभुप्रसाद कुर्मी र वीरगन्ज –३१ बस्डीलवाका वडाध्यक्षका आकांक्षी ओकिल मियाको समुहले सभापतिको घर घेराउ गरेका हुन् ।

उनीहरुले टिकट वितरणमा व्यापक आर्थिक चलखेल भएको आरोप लगाएका छन् । पार्टीले वडा नम्बर २६ मा शम्भु मिश्रा र ३१ मा मदन राउत अहिरलाई टिकट दिएपछि असन्तुष्ट पक्षले विरोध गरेका हुन् ।


  •  
  •  
  •