स्वामी प्रपन्नाचार्यकोे निधन

109
  •  
  •  
  •  

hqdefaultकाठमाडौं ४ भदौ (ओएनएस) : डाक्टर स्वामी प्रपन्नाचार्यकोे निधन भएको छ । आज बिहान साढे ३ बजे उनको पशुपतिको मृगस्थलीमा उनको मृत्यु भएको हो । उनी मृगस्थलीमा बस्दै आएका थिए ।  सादा जिवन र उच्च बिचारका उहाँलाई बिगत ५ बर्षदेखि पिसाब र स्वासप्रस्वास सम्बन्धि समस्याले पीडित थिए । नेपालका संस्कृति क्षेत्रका विद्धान प्रपन्नाचार्यको ९४ बर्षको उमेरमा निधन भएको हो ।

इलाममा ९४ वर्षअघि जन्मिएका प्रपन्नाचार्यको बाल्यकालको नाम काले राई हो । ३० वर्षको भएपछि क ख पढ्न थालेका उनले  बनारसमा विद्यावारिधी गरेका हशुन् । किराँतहरू पनि हिन्दु नै हुन भन्ने प्रपन्नाचार्यको निष्कर्ष छ ।

राजसभामा २ कार्यकाल सदस्यको रुपमा काम गर्नु भएका उनलाई नेपाल संस्कृत विश्वविद्यालयले मानार्थ महाविद्यावारिधी प्रदान गरेको थियो ।


  •  
  •  
  •