सार्वजनिक लेखा समिति एमाओवादीलाई

151
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस) : व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखासमितिको समापतिकालागि साउन १६ गते निर्वाचन हुने भएको छ । सभामुख सुवास नेम्वाङका अनुसार लेखासमितिको निर्वाचन शुक्रवारकालागि तय भएको हो । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल एमाओवादीले पाउने पक्का पक्की भएको छ ।

लेखा समितिको सभापित एमाओवादीलाई दिने सहमति भएपछि एमाओवादी उम्मेदवार निर्विरोध चयन हुने भएका छन् । लेखा समितिको सभापति एमाओवादीले पाउने तय भएपनि व्यक्ति भने तय भएको छैन् ।

अन्य समितिको सभापतिकालागि बुधवारसम्म सहमति गरिने र सहमति नभएको अवस्थामा बुधवार बस्ने व्यवस्थापिका संसद बैठकबाट निर्वाचनको मिति तोकिने सभामुख नेम्वाङले जानकारी दिए । व्यवस्थापिका संसदमा ११ विषयगत, दुई प्रक्रियागत र एक विधायन समिति गरी १४ समिति रहेका छन् । यी मध्ये कुनैपनि समितिमा सभापति चयन हुन सकेको छैन् । दलहरुबीच सहमति हुन नसक्दा समितिका सभापति चयनमा ढिला भएको हो ।


  •  
  •  
  •