भारतीय बिदेश मन्त्रीको भ्रमणवारे सदनमा जवाफ माग

271
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस) : सभासद्हरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र नेपाल भारत संयुक्त आयोगको प्रगतिवारे सदनलाइ जानकारी गराउन सभासद्ले माग गरेका छन् ।

व्यबस्थापिका संसदको शुक्रवारको बसेको बैठकको बिशेष समयमा नेकपा एमालेका भरतमोहन अधिकारीले भारतीय विदेशमन्त्रीको भ्रमण र संयुक्त आयोगको बैठकवारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा उर्जा व्यापार सम्झौता गर्नको लागि राष्ट्रिय सहमति कायम गर्न सरकारको ध्यानाकर्षण गराए । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाइ फलदायी बनाउन प्रधानमन्त्री सुशील कोइराला सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

बैठकमा नेपाली काग्रेसका रामकृष्ण घिमिरेले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका तराइको हुलाकी सडक निर्माणको लागि सरकारले आग्रह गर्नुपर्ने बताए ।


  •  
  •  
  •