मुटु, मृगौला र क्यान्सरकोे निशुल्क उपचार गर्न संसदमा माग

494
  •  
  •  
  •  

काठमाडौं, १८ असार (ओएनएस)  सभासद्हरुले मुटु, मृगौला र क्यान्सर जस्ता जटिल रोगको निशुल्क उपचार गर्ने व्यबस्था गर्न सरकारसंग माग गरेका छन् ।
व्यबस्थापिका संसदमा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा भागलिँदै सभासद्हरुले गरिव जनतालाई जटिल रोगको निकुल्क उपचार गर्ने कार्यक्रम ल्याउन माग गरेका हुन् ।
एकीकृत माओवादीका अग्नी प्रसाद सापकोटाले मृटु, मृगौला, क्यान्सर जस्ता रोगको निशुल्क उपचारको व्यबस्था गर्न माग गरे ।

नेपाली काग्रेसका खड्गबहादुर बस्यालले मुटु, मृगौला, ब्रेन ट्युमर जस्ता रोगको निशुल्क उपचार व्यबस्था गर्न माग गरे ।

काग्रेस सभासद हरिप्रसाद नेपालले मुटु, मृगौला र मष्तिस्क घात जस्ता रोगको निशुल्क उपचारको व्यबस्था गर्न तथा ६० बर्ष भन्दा माथीका बृद्धालाइ स्वास्थ्य भत्ता उपलव्ध गराउन माग गरेका छन् ।


  •  
  •  
  •