संयन्त्रको नेतृत्व विवादले सहमति भाँडियो

220
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस) : उच्चस्तरी समिति गठन गर्न सहमत भएका प्रमुख दलहरु सो समितिको नेतृत्वलाई लिएर फेरि टाढिएका छन् । शनिबार प्रधानमन्त्री निवासमा कांग्रेस, एमाले र एमाओवादीबीच उच्चस्तरी समिति बनाउने सहमति बनेपछि आइतबार संसदको बैठक सुचारु हुने भनिएको थियो । तर, आइतबार दिउँसो बसेको तीन दलको बैठकमा सो समितिको नेतृत्वमा कुरा नमिल्दा दलहरुबीच सहमति भएन । जसको कारण आइतबारको संसद बैठक पनि अवरोध भयो ।

ेतीन दलीय बैठकमा एमाओवादीले समितिको स्थायी अध्यक्षता दाबी गरे.पछि संसद संचालन गर्न भएको प्रयास सफल हुन सकेन ।
कांग्रेस र एमाले सरकारमा रहेको र आफुहरु शान्ति प्रक्रियाको महत्वपुर्ण पक्षका रुपमा रहे पनि कुनै निकायमा आफुहरुको नेतृत्व नभएको भन्दै समितिको नेतृत्वमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका थिए ।

कांग्रेस र एमालेले एमाओवादीको कारण सहमति हुन नसकेको बताएका छन् । गितमा जस्तै गरी समितिको नेतृत्व आलोपालो गर्दै जाने विषयमा आफुहरु सकारात्मक बने पनि एमाओवादीले नमानेका कारण सहमति नभएको एमाले बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । दिउंसो संविधानसभामा बसेको तीन दल बैठकपछि पत्रकारसंग कुरा गर्दै नेता नेपालले एमाओवादी अध्यक्ष दाहालले स्थायी नेतृत्व मागेपछि सहमति हुन नसकेको बताए । ‘अरु सबै कुरामा सहमति बनेको थियो ।’ नेता नेपालले भने ‘आलोपालो नेतृत्व गर्न नमान्ने आफु एक्लैले नेतृत्व गर्न पाउनुपर्ने उमाओवादीको हठका कारण सहमति हुन सकेन ।’

एमाओवादीले भने एमालेका काररण सहमति हुन नसकेको आरोप लगाएको छ । उच्चस्तरीय समिति गठनको विषयमा एमालेको तुलनामा कांग्रेस अलि लचक छ ।

तीन दलबीच सहमति हुन नसकेपछि आइतबार बसेको संसद बैठक पनि अवरुद्ध भएको खछ । बैठक सुरुहुनासाथ विपक्षीका तुर्फबाट बोल्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले कांग्रेस एमालेले पेलेर जान खाजेको भन्दै त्यसको आफुहरुले प्रतिकार गर्ने चेतावनी दिए । उनले कांग्रेस र एमाले दिने र आफुहरु लिने जस्तो भएको भन्दै त्यस प्रकारको भुल नगर्न आग्रह गरे ।


  •  
  •  
  •