व्यवस्थापिका संसदमा विनियोजन विधेयकमा छलफल हुने

27
  •  
  •  
  •  

काठमाडौं, १० भदौ (ओएनएस)  : व्यवस्थापिका–संसदको बैठक आज पनि बस्ने भएको छ । आज पनि विनियोजन विधेयक, २०७१ को विभिन्न शीर्षकअन्तर्गत तीनवटा मन्त्रालयमाथि छलफल हुने भएको छ ।
अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद् सचिवालयले जनाएको छ ।
ती मन्त्रालयमाथिको छलफलमा भाग लिँदै सांसदहरूले भौतिक पूर्वाधारको मेरुदण्ड सडक भएकाले हुम्ला र डोल्पालाई सडक सञ्जालले जोड्न प्राथमिकताका साथ बजेट विनियोजन गर्न, ग्रामीण सडकलाई स्तोन्नती गर्न, स्थानीय निकायलाई बलियो बनाउन अधिकारलाई विकेन्द्रित गर्न सुझाव दिएका थिए ।
जिल्ला परिषद्बाट पारित र छनौट भएका योजनालाई मात्र केन्द्रीय योजना समावेश गर्ने कुरामा मात्र सिमित भएको, रातो कितावमा उल्लेख गरिएका योजना सबैलाई बजेट विनियोजन नभएको सांसदहरुको गुनासो थियो ।आज दिउसो १ बजेपछि संसद्को बैठक बस्ने भएको छ ।

  •  
  •  
  •