नेपालमा इबोला भित्रिने संभावना न्युनः सरकार

75
  •  
  •  
  •  

काठमाडौं, ३० साउन (ओएनएस) : सरकारले अफ्रिकी मुलुकमा महामारिको रुप लिइरहेको इबोला भाइरसको संक्रमण नेपालमा भित्रिने संभावना न्युन बताएको छ । सरकारले रोगको संक्रमण फैलिन नदिन पर्याप्त गृहकार्य गरेको समेत बताएको छ ।

व्यबस्थापिका संसदको शुक्रवार बसेको बैठकमा सभामुखसँग समय लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले इबोला भाइरसको संक्रमण फैलिन नदिन सरकारले पर्याप्त ध्यान दिएको बताएका हुन् ।

सरकारले शान्ति सेनामा अफ्रिकी मुलुकमा गएका सैनिक प्रहरीलाई सम्बन्धित मन्त्रालय अन्तरगतका अस्पतालमा निगरानीमा राख्ने व्यबस्था गरिएको मन्त्री अधिकारीले बताए ।

सरकारले अफ्रिकाबाट फर्केर आएका नेपाली पर्यटकलाई अध्यागमन मार्फत छुट्टै चेकजाँच गर्ने र बिदेशी पर्यटकलाई इबोला नभएको र पोलियो खोप नलिएकालाई नेपाल आउन नदिने व्यबस्था मिलाइएको मन्त्री अधिकारीले बताए ।

बिदेशमा रहेका नेपालीलाई कुटनीतिक नियोग मार्फत जानकारी गराउने व्यबस्था मिलाइएको तथा नेपाल स्थित विश्व स्वास्थ्य संगठनले आवस्यक पर्दा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । यसअघि संसदको हिजोको बैठकमा इबोला संक्रमण फैलिन नदिने तयारीबारे सभामुखले सरकारको ध्यानाकर्षण गराएका थिए ।


  •  
  •  
  •