कमल थापाले माफी मागपछि संसद सुचारु

67
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) :  व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङ र राप्रपा नेपालका अध्यक्ष एवं सभासद कमल थापाबीच चर्काचर्की भएको छ ।
सभाुमख नेम्बाङ र सभासद थापाबीच चर्काचर्की भएपछि संसद बैठक केहीबेर अवरुद्ध भएको थियो ।

स्थानीय निकायको चुनाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न लागेका बेला धेरै समय बोलेका थापाको माइक काटिएपछि थापा र नेम्वाङबिच चर्काचर्की भएको हो । १० मिनेटका लागि छुट्याएको समय १२ मिनेटसम्म पनि नटुंग्याएपछि थापाको माइक काटिएको थियो ।

माइकको लाइन काटेपछि राप्रपा नेपालका सांसदहरुले रोष्ट्रम घेरेका थिए। संसदमा तनाव बढ्दै गएपछि संसदमा मर्यादापालक परिचालन गरिएको थियो।
चर्काचर्कीपछि केहीबेर रोकिएको बैठक थापाले माफी मागेपछि फेरि सुरु भएको छ ।

कमल थापाले आज किन गरे यसो संसदमा । सभामुखसँगको भनाभन (भिडियो)


  •  
  •  
  •