बलात्कारीलाई फाँसी दिन संसदमा माग

82
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओएनएस) : महिला सभासद्हरुले यात्रु बहाक बसमा युवतीमाथि सामूहिक बलात्कार गर्नेलाइ फाँसी दिन माग गरेका छन् । व्यबस्थापिका संसदको बिहीबारको बसेको बैठकमा सभामुखसंग समय लिएर नेपाली काग्रेसकी सभासद् मिठ्ठु मल्लले युवतीको सामूहिक बलात्कारमा संलग्नलाई फासीको माग गरेकी हुन् ।

‘यात्रुबहाक बसमा चढेकी युवती बलात्कार गर्ने राक्षसलाई आजीवन कैदको सजाय गर्नु पर्छ, उनले भनिन, अझ म भन्छु, त्यस्ता अपराधीलाई फासीको सजाय दिनुपर्छ ।’ रुकुमबाट नेपालगञ्ज जादै गरेको रात्रीबसमा चढेकी एक युवतीको मंगलबार राती सामूहिक बलात्कार भएको थियो ।

नेकपा एमालेकी गौरा प्रसाईले बालिका बलात्कार गर्नेको सर्वश्व सहित जन्मकैदको कार्वाही गर्न माग गरिन् । ‘हाम्रा चेलीहरु सर्बत्र असुरक्षित बनेका छन, उनले भनिन, यस घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’ व्यबस्थापिका संसदमा हिजो मात्र कार्यस्थलमा हुने यौनजन्य हिंसा सम्बन्धी विधेयक माथी सैद्धान्तिक छलफल भएको थियो ।


  •  
  •  
  •