क्षतिबारे जानकारी गराउन सभामुखको रुलिङ

159
  •  
  •  
  •  

काठमाडौं, २० साउन (ओएनएस) : सभामुख सुवास नेम्वाङले सिन्धुपाल्चोकलगायत देशभर बाढी पहिरोबाट भएको धनजनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारको नाममा फेरि रुलिङ गरेका छन् । सिन्धुपाल्चोक र संखुवासभालगायतका जिल्लामा गएको पहिरोवाट भएको क्षतिबारे सभासद्हरुले सदनमा सरकारको जवाफ मागेपछि सभामुख नेम्वाङले संसदको बुधवार बस्ने बैठकमा जानकारी गराउन रुलिङ गरेका हुन् ।

‘राष्ट्रिय महत्वको बिषयमा सरकार आफंैले संसदमा जानकारी गराउनु पर्छ, नेम्वाङले भने–संसदमा कुरा उठिसकेको बिषयमा सरकारले जवाफ नदिनु राम्रो कुरा होइन् ।’ देशमा विभिन्न भागमा भएको बाढी पहिरोबाट भएको क्षतिको बिषयमा जानकारी गाराउन सभामुखले यसअघिपनि रुलिङ गरेका थिए । ‘सिन्धुपाल्चोक, संखुवासभालगायतका जिल्लामा बाढी पहिरोबाट भएको क्षतिबारे व्यबस्थापिका संसदको भोलीको बैठकमै जानकारी गराउन निर्देशन दिन्छु, उनले भने ।’ साथै सभासद्हरुको तर्फवाट बाढी पहिरो पीडितलाइ गर्न सक्ने सहयोगको बिषयमा पनि छलफल गरिने नेम्वाङले बताए ।


  •  
  •  
  •