‘हेलिकप्टर उडाएर जनताको मन जितिन्न’

130
  •  
  •  
  •  

काठमाडौं २० साउन (ओएनएस)  : सभासद्हरुले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परेकाको उद्धारका लागि सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । घटना भएको लामो समय बितिसक्दा समेत सरकारले बेपत्ताको खोजी र घाइतेको उपचारका लागि ध्यान नदिएको आरोेप लगाएका हुन् ।

मंगलवार बसेको व्यवस्थापिका संसदको बैठकमा नेपाली काग्रेसका मोहन बहादुर बस्नेतले ३ किलोमिटर लामो तालमा जमेको पानीलाई सहज ढंगले नखोले ठूलो खोखिम बढ्ने बताए । अहिले बगिरहेको पानीलाइ डेढगुना बढी विस्तार गर्न सकेमा जोखिम टार्न सकिने उनले बताए ।

सिन्धुपाल्चोक १ का सभासद बस्नेतले पहिरोले पुरिएका मानिश र पशुको शब गगाउन थालेकोले त्यहाँ महामारी फैलिन सक्ने खरा रहेको बताए ।
एकीकृत माओवादीका अग्नी सापकोटाले पहिरोमा पुरिएकाको उद्धार र घाइतेलाइ उचित औषधोपचार गर्न सकार गम्भीर नभएको बताए ।

‘आकाशमा हेलिकप्टर उडाएर मात्र जनताको मन जित्न सकिदैन, उनले भने त्यति ठूलो विपत्ति हुदा सरकार बेखबर छ’ । नेकपा एमालेका अमृतकुमार बोहरा र राप्रपा नेपालका दीलनाथ गिरिले पनि जुरे पहिरोमा परेकाको उद्धार र विस्तापितलाइ पुनस्थापनाको व्यबस्थ ागर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


  •  
  •  
  •