३३ वर्षपछि सामाजिक सुधार ऐन संशोधन हुने

140
  •  
  •  
  •  

काठमाडौं, १६ साउन (ओएनएस) : बनेको ३३ बर्षपछि सामाजिक व्यवहार सुधार ऐन संसोधन हुने भएको छ । उप प्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसदमा आज “सामाजिक व्यवहार सुधार विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

ऐन बनेको ३३ बर्षपछि सरकारले संसोधनका लागि संसदमा पेस गरेको हो । ऐनमा छोरीलाई दाइजो, तिलक दिन नपाउने गरि जन्ती र भोज भतेरमा सीमा तोकिएको छ ।
गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्नुभएपछि सभासदहरुले भनाई राखेका थिए । सभासदहरुले केही विषयमा विधेयकमा अनाबश्यक रुपमा आएको र केहीलाई थप कडाई गर्नुपर्ने टिप्पणी गरेका छन् । ऐनमा आज बोल्ने सभासद महिलाहरुको संख्या धेरै थियो ।

बिहेमा दिने दाइजो, जन्ती, भोजभतेर, बाजागाजा तथा अन्य तडकभडक नियन्त्रण गर्नेगरि सरकारले कानुन तर्जुमा गरेको छ ।
संसद्मा दर्ता भएको ‘सामाजिक व्यवहार सुधार बिधेयक’ ले विषेश गरि मधेसमा प्रचलनमा रहेको तिलक प्रथालाई रोक लगाएको छ ।

तिलकलाई रोक र दाइजोलाई नियन्त्रण गर्नुका साथै दण्डनीय बनाएको छ । यस्ता मुद्दा सरकार वादी भएर चल्ने र सूचना दिनेलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ । तिलक लिनेदिनेलाई तीन महिना सम्म कैद प्रस्ताव गरिएको छ।


  •  
  •  
  •