संसदीय समितिका सभापतिहरुको निर्वाचन बुधबार

63
  •  
  •  
  •  

काठमाडौं, ९ भदौं : संसदीय समितिको सभापतिहरुको निर्वाचन आगामी बुधबार हुने भएको छ । व्यवस्थापिका संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सोमबार निर्वाचनसम्बन्धी कार्यक्रममा जारी गरेका छन् ।

कार्यक्रमअनुसार बुधबार बेलुकी ५ बजेदेखि निर्वाचन सुरु हुने छ । यस्तै मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्ने र साढे ५ बजे सूचना प्रकाशित गर्ने कार्यक्रम सार्वजनिक भएको छ। तर, यसअघि नै दलहरुबीच सभापतिमा भागबण्डा मिलिसकेकाले सबै सभापति निर्विरोध चयन हुने सम्भावना छ ।


  •  
  •  
  •