बाढी पीडितको उद्धारका लागि संसद स्थगित गर्न माग

305
  •  
  •  
  •  

काठमाडौं, ३० साउन (ओएनएस) : सभासद्हरुले बाढी पीडितको उद्धारका लागि एक हप्ताको लागि संसद स्थगित गरेर उद्धारमा जाने व्यबस्था मिलाउन सभामुखसंग माग गरेका छन् । व्यबस्थापिका संसदको शुक्रबार बसेको बैठकमा सभामुखसंगसमय लिएर सभासद्हरुले उद्धार कार्यलाई युद्धस्तरमा संचालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

तराई मधेश सदभावना पार्टीका महेन्द्र राय यादवले बाढी पीडितको उद्धार र बिस्थापित जनतासंग भेटका लागि एक हप्ता संसदको बैठक स्थगित गर्न माग गरे । थरुहट पार्टीका गोपाल दहितले बाढी पीडितको उद्धारका लागि संसदको बैठक स्थगित गर्न माग गरेका हुन् ।

यसैबीच, बिभिन्न राजनीतिक दलले देशका विभिन्न भागमा आएको बाढीका कारण भएको क्षतितर्फ सरकारको ध्यानाकर्षष गराउदै उद्धार कार्यलाइ तीब्रता दिन माग गरेका छन् ।

व्यबस्थापिका संसदको आज बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर दलका नेताहरुले बाढी पहिरोबाट भएको क्षतिको क्षतिपूर्ती दिन माग गरेका हुन् । नेपाली काग्रेसका राचमन्द्र पौडेलले बाढी पहिरोमा परेकालाई उद्दार गर्न ढिला भएको बताए । ‘इबोला रोगले जसरी विश्वव्यापी आतंक फैलाइरहेको छ, लखनौको अकाशमा बादलले नेपालमा आर्को बिपत्ती निम्ताएको छ’ उनले भने ।

नेकपा एमालेका भीम रावलले बर्दिया जिल्लाको सदरमुकाम गुलरिया डुवाएको तथा राष्ट्रिय राजमार्ग अबरुद्ध भएको भन्दै खुलाउने तर्फ सरकारको ध्यानाकर्षण गराए ।

एकीकृत माओवादीका जनार्दन शर्माले दुई दिनको बीचमा ५० जनाको मृत्यु भएकोले राहात प्रक्रिर्यालाइ तीब्र बनाउन माग गरे ।
तमलोपाका अकबल अहमद साहले पनि संसदको बैठक स्थगित गरेर सबैदलको सहमतिमा उद्धारमा लाग्न सरकोको ध्यानाकर्षण गराए ।


  •  
  •  
  •