‘भूकम्पजस्तै मन्त्री र ठेकेदारलाई कमाउने माध्यम नहोस् बाढीपहिरो’

161
  •  
  •  
  •  

prem suwal
काठमाडौं, ३१ साउन (ओएनएस) : प्राकृति प्रकोपले देशमा ठूलो धनजनको क्षति भएका बेला सरकारलाई राहत तथा उद्धारमा ध्यान दिन सांसदहरुले सुझाव दिएका छन् ।

आज बसेको व्यवस्थापिका संसद बैठकमा बोल्ने अधिकांश बक्ताहरुले बाढीपहिरो पीडितहरुको गास, बास तथा कपासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा बोल्दै सांसद प्रेम सुवालले यसअघिको विनाशकारी भूकम्पजस्तै अहिलेको बाढी पहिरोलाई मन्त्री र ठेकेदारहरुको लागि कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् । उनले त्यो कुरा झुटा सावित होस् भन्ने कामनासमेत गरे ।

सांसद दलजित श्रीपाइलीले बाढीपहिरो पीडितको सहयोगका लागि सम्पूर्ण सांसदहरुले एक महिनाको तबल ट्याउनुपर्ने माग गरे । राहत वितरण तथा औषधोपचारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गरे ।

सोही अवसरमा बोल्दै सांसद पार्वता डिसी चौधरीले राहत वितरणलाई पनि व्यवस्थित बनाइनुपर्ने बताइन् । उनले सही माध्यमबाट सम्बन्धित व्यक्तिले नै पाउने गरि राहत वितरण गर्नुपर्ने माग गरिन् । उनले सरकारले मृतकका परिवारलाई दिइने भनेको २ लाख र घर मर्मतका लागि दिइने १० हजार निकै कम भएको बताइन् ।

संसदमा बाेल्ने अधिकांश बक्ताहरुले बाढीपीडितकाे राहात तथा उद्धारमा ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराएका छन् । 


  •  
  •  
  •