संसदमा पूर्व सदस्य सिंहको निधनमा शोक प्रस्ताव पारित

149
  •  
  •  
  •  

samsad]
काठमाडौं, १९ भदौ (ओएनएस) : व्यवस्थापिका संसदको आज बसेको बैठकले पूर्व सदस्य विरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभा ७७ बर्षिय सिंहको गत भदौ ११ गते आईतबार काठमाडौ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो ।

उनले २०५६ सालमा नेकपा एमालेका तर्फबाट मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका थिए । सिंहको निधनमा शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको बैठक सोमबारै अपरान्ह १ बजेबाट सुचारु हुनेछ ।


  •  
  •  
  •