संसद बैठक कार्यसूचीमा प्रवेश नगर्ने

330
  •  
  •  
  •  

CA Meeting
फाईल फोटो

काठमाडौ, २० साउन(ओएनएस) : प्रमुख विपक्षी एमाओवादीको विरोधले अवरूद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । तर, आज संसद नियमित कार्यसूचीमा भने बैठक प्रवेश नगर्ने भएको छ ।

कांग्रेसका पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएकाले कार्यसूचीमा प्रवेश नगर्ने भएको छ । संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले शोक प्रसातव पारित गरेर बैठक सकिने बताए । आजको बैठकमा पनि विनियोजन विधेयक माथिको छलफल गर्ने कार्यसूची रहेको छ । तर, विपक्षी दलले बजेट सच्याउने प्रतिवद्धता नआएसम्म छलफल अघि बढाउन नदिने बताएका छन् ।

सभामुख सुवासचन्द्र नेम्वाङले विपक्षी बिना, बजेटमाथिको छलफल गर्न नसकिने भन्दै वार्तामा बस्न सरकार र एमाओवादीलाई ध्यानाकर्षण गराएका छन् । संसदको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

यसैबीच, आजको बैठकमा गृहमन्त्री वामदेव गौतमले हिजो काठमाडौको बबरमहलमा आन्दोलनका क्रममा दलित सभासद, अधिकारकर्मीमाथि भएको प्रहरी हस्तक्षेपका विषयमा जवाफ दिने कार्यक्रम पनि थियो । सभामुख नेम्वाङले प्रहरी हस्तक्षेपका विषयमा जवाफ दिन हिजो रुलिङ गरेका थिए ।


  •  
  •  
  •