संसद बैठक आज पनि बस्दै

108
  •  
  •  
  •  

काठमाडौँ, २३ बैशाख(ओएनएस) : व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दैछ ।

आज बिहान १० बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सासामयिक परिवेश र घटनाक्रमको बारेमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयको कार्यतालिका अनुसार हिजो र आज मुलुकका विभिन्न भागमा भइरहेका आगलागी, भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा सांसदहरुले आ-आफ्नो धारणा राख्ने र भोलिदेखि प्रिबजेट बारेको छलफल सुरु हुनेछ ।

यद्यपी सांसद्हरुले भने सत्ता परिवर्तनका लागि भइरहेका प्रयासको बारे विभाजित भएर धारणा राख्ने गरेका छन् । हिजोको संसद् बैठकमा सत्ताधारी र विपक्षी दलका सांसद्हरुले वर्तमान सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा आ-आफ्नो तर्क प्रस्तुत गरेका थिए ।


  •  
  •  
  •