व्यवस्थापिका संसदको बैठक बस्दै

141
  •  
  •  
  •  

काठमाडौँ, २० मंसिर(ओएनएस) : व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि कै कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।

लामो समयदेखी संसद अवरूद्ध भएका कारण भूकम्पपछिको पुनः निर्माण विधेयक पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची प्रभावित भन्दै आएको छ । लामो समयदेखी मोर्चाले संसद अवरूद्ध गर्दै आएको र पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद बैठक सञ्चालनमा अवरोध गरेपछि कार्यसूचीको विषय बैठकमा प्रवेश नै नपाई बैठक स्थगीत भएको थियो ।

आज संसद अवरुद्ध नभए यसअघिको कार्यसूची अघि बढ्ने संसद सचिवालयले जनाएको छ भने मधेसी मोर्चाले बैठक चल्न नदिने तयारी गरेको छ ।


  •  
  •  
  •