कांग्रेसको अवरोधपछि संसद बैठक १५ गतेसम्म स्थगित

172
  •  
  •  
  •  

काठमाडौँ, १० मंसिर(ओएनएस) : नेपाली कांग्रेसको अवरोधका कारण संसद बैठक बस्न नसकेपछि आगामी १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

नयाँ बानेश्वरमा सुरू भएको संसदको बैठकको सुरूवातमा सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरम नेपालका सांसद उपेन्द्र यादवलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद्हरूले आ-आफ्नो स्थानबाट उठेर हो-हल्ला गर्न थालेपछि बैठक सुचारू हुन सकेको थिएन । सभामुख घर्तीमगरले सांसदहरूलाई यथास्थानमा बसिदिन आग्रह गरेपनि सांसदहरूले त्यसको वेवास्ता गर्दै उठेर संसद अवरोध गरेका थिए ।

यसपछी सभामुख घर्ती मगरले संसद बैठक १५ गते बिहान ११ बजेसम्मका लागि लागि स्थगित गरेकी हुन् ।


  •  
  •  
  •