विपक्षीको अवरोधले पाँचौं पटक पनि संसद अवरुद्ध

106
  •  
  •  
  •  

Captureकाठमाडौँ, २४ मंसिर (ओएनएस) : संविधान संशोधन विधेयक दर्ता भएको विरोधमा संसद अवरुद्ध गर्दै आएका एमालेसहित ५ प्रतिपक्षी दलले शुक्रबार पनि संसद बैठक अवरुद्ध पारेका छन् ।

सरकारले मंसिर १४ गते संसदमा संशोधन विधेयक दर्ता गराएपछि एमालेसँगै माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नेपाल राष्ट्रिय पार्टीले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् । लगातार पाँचौं पटक बैठक अवरुद्ध भएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान राखे । लैनचौरबाट स्वीकृत लिएपछि रातारात मन्त्रिपरिषद बैठक बसेर संशोधन प्रस्ताव आएको उनले टिप्पणी गरे । सरकारले संशोधन विधेयक फिर्ता लिएर छलफलको वातावरण मिलाउनु पर्ने  थापाले बताए । 

सभामुख अाेनसरी घर्तीले संसदको बैठक मंसिर ३० गते विहान ११ बजेका लागि स्थगित गरिन ।


  •  
  •  
  •