कोइरालाप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

148
  •  
  •  
  •  

काठमाडौँ, २८ माघ(ओएनएस) : संसद बैठकले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

संसद बैठकले कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आगामी फागुन ४ गतेसम्मका लागि स्थगित गरिएको छ । संसदको आगामी बैठक फागुन ४ गते ११ बजेका लागि बोलाइएको छ ।

संसदीय नियम अनुसार शोक प्रस्ताव पारित भएको अवस्थामा अन्य कार्यसूचीमा प्रवेश गरिँदैन ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति कोइरालाको गत सोमबार राति १२:५० मा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको थियो । उनको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।


  •  
  •  
  •