आज पनि संसद् चल्न सकेन

94
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ (ओएनएस) : विपक्षी दलले आज पनि संसद् अवरोध गरेका छन् । ४ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आज पाँचौ दिन पनि विपक्षीदल एकीकृत नेकपा माओवादी र मधेशवादी दलले संसद बैठक अवरोध गरेका हुन् ।

विपक्षी दलहरुको तर्फबाट बोल्दै तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले लगातार संसद् अवरुद्ध हुँदा पनि सरकारले वेवास्था गरेको आरोप लगाए । शुक्लाले भने, ‘लगातार संसद् अवरुद्ध छ तर, समस्या समाधान गर्न औपचारिक अनौपचारिक वार्ता वा अन्य प्रयासमा चासो समेत राखेको छैन ।’ उनले सम्झौता कार्यान्वयनमा चासो नदेखाएको भन्दै सरकारको विश्वसनीयता घट्दै भएको बताए ।

सभासद् शुक्लाले शान्ति प्रक्रिया पुरा गर्न र संविधान निर्माण गर्न चार बुँदे सहमति गरेको स्मरण गराउँदै सररकाले माघमा संविधान जारी गर्ने रटान पनि नछोडेको र सहमति पनि कार्यान्वयन नगरेर दोहोरो चरित्र प्रर्दशन गरेको आरोप लगाए । शुक्लाले मन्त्रीले नै संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै व्यक्ति धारणा हो वा संस्थागत स्पष्ट पार्न आग्रह गरे । उनले भने, ‘मन्त्रीहरुबाटै संघीयता विरोधी अभिव्यक्ति आएको छ, यो व्यक्तिगत हो की संस्थागत यो प्रष्ट पकर्नु प¥यो ।’

सभामुखको आग्रह
विपक्षीले लगातर संसद् अवरुद्ध गरेपछि सभामुख सुभास चन्द्र नेम्वाङले तत्काल समस्या समाधानका लागि आग्रह गरेका छन् । उनले भने, ‘मैले यस्तो अवस्था रहनु हुँदैन भन्ने विषयमा पटक पटक ध्यान आक्रर्षण गराएको छु । यसमा छलफल गरेर छिटो टुंगोम पुग्न आग्रह गर्दछु ।


  •  
  •  
  •