संसद एक साताका लागि स्थगित

241
  •  
  •  
  •  

काठमाडौं, १८ भदौ (ओएनएस) : विपक्षी दलको बिरोधका कारण संसदको बैठक एक साताका लागि स्थगित भएको छ । चारबँुदे सहमति कार्यान्वयनको माग गर्दै विपक्षी दलले अबरोध गरेपछि संसद बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको हो । विपक्षील संसद बुधबार लगातार तेस्रो पटक अबरुद्ध गरेका छन् ।CA-building

बुधबारेको बैठकको सुरुमै सभामुखसँग समय लिएर सद्भाावना पार्टीका लक्ष्मणलाल कर्णले चारबँुदे सहमति कार्यान्वयन नहँुदासम्म संसदको बैठक चल्न नदिने बताए । उनले विपक्षी दलले राखेका मागमा सरकार गम्भीर नभएको बताए । ‘कि सरकारले भन्नुप¥र्यो, चारबुँदे सहमति झुक्काएर गरिएको हो, वा कीर्ते सम्झौता भन्नु प¥र्यो’, कर्णले भने, ‘होइन भने सम्झौता किन मानि राखेको छैन ?’ कर्णले संविधान निर्माण प्रक्रियामा विपक्षी दलले कुनै पनि अबरोध सिर्जना नगरेको उल्लेख गर्दै सरकारकै कारण अवरोध भएको बताए ।


  •  
  •  
  •