हट्यो संसदको अवरोध, निर्वाचनसम्बन्धी विधेयक पेश

126
  •  
  •  
  •  

काठमाडौँ, २४ पुस (ओएनएस) : व्यवस्थापिका संसदको अवरोध १ महिनापछि हटेको छ ।

आइतबार दिउँसो बसेको संसदको बैठकमा एमालेसहितका विपक्षी दलका सांसदले अवरोध नगरेपछि निर्वाचन सम्बन्धी विधेयक पेश भएको हो ।

बैठकमा निर्वाचनसँग सम्बन्धी विधेयक कानुनमन्त्री अजय शंकर नायकले प्रस्तुत गरे ।

यसैगरी, आजको संसद बैठकले अख्तियार दूरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएको छ ।


  •  
  •  
  •