संसद् बैठकमा आज समसामयिक विषयमा छलफल हुने

332
  •  
  •  
  •  

काठमाडौँ, २२ बैशाख(ओएनएस) : व्यवस्थापिका संसदको बर्खे अधिवेशन आज पनि हुँदैछ । आजको बैठकमा समसामयिक विषयमा छलफल हुँदैछ ।

हिजो शुरु भएको बर्खे अधिवेशनमा आज र भोलि भूकम्पपछिको पुननिर्माण, डढेलो नियन्त्रण र पीडितलाई राहतलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची बनाइएको हो । ती विषयहरुमा दलीय आधारमा बोल्न दिने तयारी संसद सचिवालयले गरेको छ ।

त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुने तयारी छ । त्यसमा २४ र २५ गते छलफल भएपछि २६ गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गरिनेछ ।

मंगलबार सुरु भएको बैठकमा अधिवेशन आहृवनका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाउँदै अधिवेशन सुरु गरेकी थिइन् । मंगलबार अधिवेशन आहृवानको पत्र पढेर सुनाउनेबाहेक अन्य कुनै पनि कार्यसूची थिएन ।


  •  
  •  
  •