आज संसद बैठक: निर्वाचनसम्बन्धी र संशोधन विधेयक प्राथमिकतामा परेन

118
  •  
  •  
  •  

parliament-house-in-nepalकाठमाडौं, १० माघ (ओएनएस) : व्यवस्थापिका संसदको बैठक सोमबार १ बजे बस्दैछ । तर, आजको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल नहुने भएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा संघीय आकास्मिक कोष विधेयक र बोनस (पाँचौं संशोधन) पेश हुने कार्यसूची रहेको छ ।
संविधान संशोधनको विषयमा दलहरुबीच सहमति नजुट्दा ती दुबै विधेयक आजको कार्यसूचीमा नपरेको बताइएको छ ।

सत्तारुढ दल पहिले संशोधन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् भने विपक्षी दलले निर्वाचनसम्बन्धी विधेयकलाई जोड दिएका छन् ।

दलहरु संशोधन विधेयक पास र फेल गराउने रणनीतिमा लागेकाले निर्वाचनसँग सम्बन्धित विधेयक प्राथमिकतामा नपरेको हो ।

संविधानअनुसार ७ माघ २०७४ भित्र तीनवटै तहको निर्वाचन गर्नैपर्ने व्यवस्था रहे पनि सरकार र प्रमुख दलहरूको प्राथमिकतामा निर्वाचन पर्नै नसकेको पाइएको छ


  •  
  •  
  •