संकट समाधानको एकमात्र थलो संसद : सिटौला

170
  •  
  •  
  •  

Krishna-sitaulaकाठमाडौँ, २५ पुस(ओएनएस) : नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले देशमा भइरहको राजनीतिक संकटको समाधानको एक मात्र ठाऊँ संसद भएको बताएका छन् । प्रेस युनियन मोरंङले शनिबार बिहान बिराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले मधेसको समस्यालाई लोकतान्त्रिक विधी र प्रक्रियामा रहेर समाधान खोज्ने ठाऊँ संसद हो ।

महामन्त्री सिटौलाले गतिरोध अन्त्यका लागि संविधान संशोधन वा राजनीतिक निर्णयमार्फत हल गर्न सकिने बताएका छन् । उनले सीमांकनको विषय राजनीतिक संयन्त्रमार्फत टुंग्याउने गरी छलफल भइरहेको पनि जानकारी दिए ।

यस्तै एक फरक प्रसंगमा महामन्त्री सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखान र टुक्का भन्ने बानी परिवर्तन गर्न सुझाव दिएका छन् । उनले प्रधानमन्त्रीको कुर्सीमा बसेर उखान टुक्का गरेको नसुहाउने भन्दै बानी परिवर्तन गर्न आग्रह गरेका छन् । महामन्त्री सिटौलाले प्रधानमन्त्रीको कुर्सीमा बसेर शान्त एवं जिम्मेवार भई काम गर्नुपर्ने बताए ।


  •  
  •  
  •