एडिएसमा संसदीय समितिको चासो

62
  •  
  •  
  •  

काठमाडौँ, २४ भदौ (ओएनएस) : व्यबस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले दीर्घकालिन कृषि विकास रणनीति (एडिएस)मा चासो देखाएको छ । नेपाली किसानको आबस्यकता भन्दापनि दाताको स्वार्थ अनुसार रणनीति बन्दै गरेको भन्ने गुनासोबीच समितिले चासो जनाएको हो ।

समितिले सरोकारवाला पक्षसंग छलफल गरि रणनीतिको मस्यौदा परिमार्जन गर्न निर्देशन दिने तयारी गरेको छ । बैठकमा सभासद्हरुले कृषि विकास रणनीति परिमार्जन गर्नुपर्ने बताएका थिए ।

मंगलवार समितिको बैठकमा राष्टिय योजना आयोगका सदस्य डा भारतेन्द्र मिश्रले एसिडएसमा कयौ कमजोरी रहेको बताए । ‘संसद र राष्टिय योजना आयोग नभएको समयमा बनेको रणनीतिमा कयौ कमजोरी छन, उनले भने, संसदीय समितिले परिमार्जन गर्न जरुरी छ ।’

सभापति गगन थापाले संसदीय समितिले एक महिना भीत्र सुझाव पेश गर्ने बताए । ‘एडिएस निर्माणमा संलग्न दातालाई समेत संसदीय समितिमा बोलाउछौ, उनले भने, दाताले दिने भनेको आर्थिक अनुदान उनिहरुको स्वार्थ अनुसार खर्च गर्ने हो या सरकारलाइ दिने भन्ने बारे प्रष्ट हुनुपर्छ ।’


  •  
  •  
  •