संवैधानिक निकायका पदाधिकारीको सुनुवाई आगामी चैत ४ गतेदेखि

270
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : संवैधानिक परिषदले सिफरिस गरेका संबैधानिक निकायका पदाधिकारीको सुनवाई आगामी चार गतेदेखि हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको आजको बैठकले लोकसेवा आयोगका पदधिकारीबाट सुनुवाई थाल्ने निर्णय गरेको हो ।

निर्णयअनुसार समितिले लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यको सनुवाई अध्यक्ष उमेशप्रसाद मैनालीबाट सुरु गरेर एक–एक गरी सबै सदस्यको सक्ने कार्यतालिका बनाएको छ ।

यस्तै समितिले आगामी आठ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुको संसदीय सुनुवाई गर्नेछ । लोकसेवा जस्तै अख्तियार आयुक्तहरुको पनि एक–एक गरी सुनुवाई गर्ने कार्यतालिका छ ।

संवैधानिक निकायका पदाधिकारीको संबैधानिक परिषदले सिफरिस गरेको ३५ दिन भित्र संसदीय सनुवाई गरिसक्नुपर्ने प्रावधान छ । परिषदको सिफरिस समितिको दुई तिहाइबाट अस्वीकृत भएमा बदर हुन्छ ।

सुनुवाई सकेर समितिले अनुमोदन गरेपछि मात्र पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिन पाउनेछन् ।

hearing


  •  
  •  
  •