फेरि संसद अवरोध

248
  •  
  •  
  •  

काठमाडौं, १५ भदौ (ओएनएस) :  बिगतमा भएको चारँबुदे सहमति कार्यान्वयनको मागगर्दै एकीकृत माओवादीसहितका विपक्षी दलले व्यवस्थापिका संसदको बैठक आइतबार पनि अबरुद्ध गरेका छन् ।

संसदको आइतबार बसेको बैठकमा सभामुखसँग समय लिएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदारले सत्तारुढ दल दुई तिहाइको बलमा संविधान निर्माणको गलत बाटोमा लागेकोले त्यसलाई रोक्न र उच्चस्तरिय राजनीतिक संयन्त्र गठनको नगरेका कारण संसद बैठक अबरुद्ध गर्नु परेको बताए । ‘काग्रेस एमाले दुई तिहाइ बहुमतको अहंकारमा संविधान बनाउने बाटोमा जानु हुँदैछ’, गच्छेदारले भने, ‘त्यो रवैयाबाट संविधान बनाएमा काम लाग्न छैन ।’ उनले राज्यपुनर्संरचना लगायत संविधानका विबादित विषयमा सहमति कार्यान्वयन गर्न राजनीतिक समिति गठन नहुँदासम्म संसदको बैठक चल्न नदिने बताए । उनले मन्त्रीपरिषदबाट २६ जना सभासद मनोयनमा प्रधानमन्त्री सुशील कोइरालाले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

संविधान निर्माणको काममा प्रतिपक्षी दलले कुनै अबरोध सिर्जना नगरेको भए पनि प्रधानमन्त्री कोइरालालको भनाई पूर्वाग्राही भएको उनले बताए । विपक्षी दलको बिरोधका कारण व्यवस्थापिका संसदको बैठक १८ गते बुधवार दिउसो १ बजे सम्मका लागि स्थगित भएको छ ।
यसैबीच, सभामुख सुवास नेम्वाङले व्यबस्थापिका संसदको बैठक लामो समय अबरोध गरि राख्नु ठीक नभएको भन्दै यो अबिलम्ब अन्त्य गर्नेतर्फ गम्भीर छलफल गर्न उनले सरकार र बिपक्षी दललाई निर्देशन दिए ।


  •  
  •  
  •