संसद् र संविधानसभा बैठक स्थगित

69
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : एमाओवादी उपाध्यक्ष एवं संसदीय दलका पूर्वप्रमुख सचेतक पोष्टबहादुर बोगटीको निधानका कारण संविधानसभा र व्यबस्थापिका संसदका सोमबारका बैठक स्थगित भएका छन् ।

संविधान सभाको सोमबार बसेको बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कारणबस कार्यसूची हटाइएको जानकारी गराए । बोगटीको दाहसंस्कार नभएका कारण सोमबार श्रद्धान्जली प्रस्ताव भने राखिएको थिएन । संसदको बैठकसमेत आसोज १ गते पाँच बजे बस्ने गरि स्थगित भएको छ ।

यसैबीच विभिन्न संसदीय समितिका सोमबारका सबै बैठक बोगटीको निधनका कारण स्थगित भएका छन् ।


  •  
  •  
  •