मोर्चाको अवरोधपछि संसद १० गतेसम्मका लागि स्थगित

154
  •  
  •  
  •  

काठमाडौँ, ६ मंसिर(ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरूले व्यवस्थापिका संसद अवरोध गरेका छन् । संसद बैठकमा रोष्ट्रम घेरेर नारबाजी गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक १० गतेसम्मका लागि स्थगित गरेकी छिन् ।

संसदको बैठक सुरू भएपछि प्रमुख विपक्षी दलका कार्यबाहक सभापति रामचन्द्र पौडेलले विषेश समय मागेर आफ्नो धारणा राखेका थिए । पौडेलले समस्या समाधानमा सरकार गम्भिर नभएको आरोप लगाउँधै संविधान संशोधन विधेयक अगाडि बढाउन आग्रह गरेका थिए ।

उनले प्रधानमन्त्रीले बाहिर-बाहिर मिलेर काम गरौं भन्ने गरेको तर भित्र भने त्यसको विपरित काम गर्ने गरेको आरोप लगाउँदै कांग्रेस र एमालेसहितको अघिल्लो सरकारले गरेका निर्णयहरू उल्टाउने काम गरेको बताएका छन् । उनले राष्ट बैंकको गर्भनरलाई घेराबन्दी गरेको, पुनर्निर्माण प्राधिकरण विधेयक अधि नबढाएकोमा समेत आपत्ति जनाएका छन् ।

कार्यबाहक सभापति पौडेलले बोलेपछि कांग्रेसका मधेसबाट प्रतिनिधित्व गरिरहेका सांसदहरूले पार्टीको संसद अवरोध नगर्ने निर्णय विपरित विपक्षीले उठाएको मागबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै आ-आफ्नो स्थानमा उठेर विरोध गरेका थिए ।

यस क्रममा तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बोल्न समय माग गरेपनि सभामुख घर्तीले कांग्रेसका सांसदले आफ्नो स्थानमा उठेर बसेका कारण आफूले समय दिने नसक्ने बताइन् । यसपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरूले रोष्ट्रम घेरेर नाराबाजी गरेका थिए । यसपछी सभामुख घर्तीले १० गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरिन् ।


  •  
  •  
  •