राष्ट्रिय गीत बजाउन संसदको ध्यानाकर्षण

118
  •  
  •  
  •  

काठमाडौं, ३ असोज (ओएनएस) संविधान सभा र व्यवस्थापिका संसद बैठक सुरु हुनु अगाडि सधैं राष्ट्रिय गीतको धुन मात्र बजाएको भन्दै अबदेखि भने राष्ट्रिय गीत बजाउन सभासदले ध्यानाकर्षण गराएका छन् ।

सोमवार व्यवस्थापिका संसदको शून्य समयमा बोल्दै एमाले सभासद अमृतकुमार बोहोराले आफूले पटक पटक यस विषयमा ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको गुनासो गरे । ‘सरकारले त संसदको कुरा सुन्दैन तर, सभामुख महोदय, संसदले त कुरा सन्नुपर्यो, बोहोराले भने,‘तराई पहाड हिमाललाई समेटेर बनाइएको यति ओजश्वी गीतको किन धुनमात्र बजाइन्छ ।

अबदेखि गीत पनि बजाउनुपर्छ ।’ बोहोराको कुरा सुनेपछि सभामुखले आफूले सबैको कुरा सुनेको बताए । संविधानसभा र व्यवस्थापिका संसद बैठक सुरु हुनु अगाडि राष्ट्रिय गीतको धुन बजाउने प्रचलन रहेको छ ।


  •  
  •  
  •