एक मधेश प्रदेश असंभव :  गच्छेदार

65
  •  
  •  
  •  

काठमाडौं, १५ भदौ (ओएनएस) : ‘स्वायत्त मधेश एक प्रदेश’लाई आदर्श बनको संविधान सभाको सबैभन्दा ठूलो दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले एक मधेश प्रदेश संभव नभएको बताएको छ ।

फोरम संसदीय दलका नेता विजयकुार गच्छेदारले आईतवार संसदमा संवोधनगर्दै एक मधेश प्रदेश संभव नभएको स्वीकार गरेका हुन् । ‘एक मधेश प्रदेश संभव छैन भन्ने कुरा हामीले पनि बुझेका छौ, उनले भने, ‘एक कदम पछाडि हटन तयार छांै तर कांग्रेस एमाले संविधान बनाउन सकारात्मक देखिएनन् ।’
राज्य पुर्नसंरचना गर्दा कति प्रदेश संभव हुन्छ भनेर गृहकार्य गर्नुपर्ने समयमा प्रमुख दुईदल विपक्षीलाई पेलेर अघि बढन खोजेको आरोप लगाए । उनले कांग्रेस एमालेले लिएको अडानले देश बर्वादीको दिशामा लागेको समेत टिप्पणी गरे ।
नेम्वाङ–गच्छेदार जुहारी
संविधानसभाको बिषय संसदमा प्रवेश गराएको भन्दै सभामुख सुवास नेम्वाङ र गच्छेदारबीच जुहारी चलेको छ । ‘माननीय सदस्य संविधान सभाको कुरा व्यबस्थापिका र व्यबस्थापिको कुरा संविधानसभामा नउठाउने सहमति भएको छ, गच्छेदारले संविधानका बिषयवारे संसदमा कुरा उठाएपछि नेम्वाङले भने, तपाँइले बनाएको नियमावलीमा त्यही कुरा लेखिएको छ ।’

गच्छेदारले जवाफ फर्काए, ‘सम्माननीय सभामुखज्यू तपाईको दुईटा रुप छ, सत्तारुढ दलका कारण मुलुक दुर्घटनामा पर्न लागि सक्यो, यस्तो बिषय संसदमा नउठाए कहाँ उठाउनु ?’ सभामुखले संविधानसभाको कुरा संसदमा नबोल्न आग्रह गरेपछि गच्छेदारले आफूले स्कुदमा पढेको कथा संसदमा सुनाएका थिए ।


  •  
  •  
  •