काठमाडौं, १० भदौ (ओएनएस): एकीकृत माओवादी लगायत विपक्षी दलले चारबँुदे बिगतमा भएको सहमति कार्यान्वयन नभए संसदको आर्को बैठक अबरुद्ध गर्ने चेतावनी दिएका छन् । विगतमा भएका सहमति कार्यान्वयन नभए संविधान सभाबाट संविधान बन्न नसक्ने उनीहरुले चेतावनी दिएका छन् ।
व्यबस्थापिका संसदको बैठकमा आज प्रमुख विपक्षी दलको नेताको हैसियतमा संसदको रोष्टममा उभिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदको आर्को बैठक बस्दा सम्म विगतमा भएको सहमति कार्यान्वयन गर्ने भरपर्दो प्रतिबद्धताको ग्यारेन्टी नभए सदन अबरोध गर्ने चेतावनी दिएका हुन् ।
उनले सत्तारुढ दलका पछिल्ला क्रिर्याकलापले देश दुर्घटना उन्मुख रहेको बताए । दाहालले शान्ति प्रक्रिया पूरा गर्न र संविधान निर्माणको वाताबरण बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न माग गरेका छन् । सत्तारुढ दलमा सबैलाइ पेलेर जान सकिन्छ भन्ने मानसिकता पैदा भएको आरोप दाहालले लगाए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको बैठकमा सत्तारुढ दलको प्रस्तुितका कारण संविधान नबन्ने लक्षण देखिएको दाहालको भनाइ थियो । दाहालले सदनमा झण्डै पौने घण्टा संवोधन गरेका थिए ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले विगतमा भएका सहमति कार्यान्वयन नगरेर सत्तापक्षलेसंविधान बनाउन नचाहेको आरोप लगाए ।