दलहरुले समय मागेपछि संसद बैठक ६ दिनका लागि स्थगित

105
  •  
  •  
  •  

parlament noticeकाठमाडाैं, १९ पुस (अाेएनएस) : मंगलबारका लागि आह्वान गरिएको संसद बैठक ६ दिन पर सारिएको छ ।

संविधान संशोधनमा सत्तापक्ष र प्रतिपक्षको पूर्ववर्ती अडान यथावत रहेका बेला संसद बैठक सूचना टाँस गरेर पुस २४ गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सहमतिका लागि दलहरुले समय माग गरेपछि संसद बैठक सारिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्यसूचीमा सहमति हुन सकेको थिएन ।


  •  
  •  
  •