संसद बैठक सूचना टाँस गरी भाेलिका लागि स्थगित

229
  •  
  •  
  •  

काठमाडौँ, १८ पुस (अाेएनएस) : सोमबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको व्यवस्थापिका संसदको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

सोमबार १ बजे बसेको बैठकमा प्रतिपक्षी दलका सांसदले अवरोध गरेपछि दिउँसो ४ बजेका लागि स्थगित गरिएको थियो । तर, संसद सचिवालयले सूचना निकालेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको हो ।

मंगलबारको संसद बैठक बस्नुअघि सभामुखले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाँकेकी छन् ।

याे पनि पढनुहाेस् 

विपक्षी सांसदलाई १० मिनेट उभ्याइन सभामुखले, संसद बैठक अाजै ४ बजे बस्ने


  •  
  •  
  •