बलात्कारको आरोपमा बेलायती सांसद पक्राउ

456
  •  
  •  
  •  

बेलायती संसदमा कन्जरभेटिभ पार्टीको तर्फबाट निर्वाचित सांसद मार्क पिचार्ड बलात्कारको आरोपमा गिरफ्तारी भएका छन्। पछि उनलाई तारेखमा रिहा गरिएको थियो। इंगल्याण्डको रिकिन स्रोप्शरबाट बेलायतको वर्तमान संसदमा प्रतिनिधित्व गर्ने ४८ बर्षीय पिचार्डलाई गत बुधबार लण्डनको हल्बर्न पुलिस स्टेसनले पक्राउ गरेको मेट्रोपोलिटन प्रहरीको बक्तव्य उद्धृत गर्दै वीवीसीले जनाएको छ।

उनलाई करिब चार घन्टा प्रहरी हिरासतमा राखेर धरौटीमा रिहा गरिएको थियो। उनलाई आगामी जनवरीमा हुने छानबिनमा पुनः हाजिर हुनु पर्ने भन्दै छोडिएको वीवीसीले जनाएको छ। समाचारमा आरोपितले गरेको बलात्कारको मिति,समय र स्थानबारे केहि खुलाईएको छैन। एजेन्सी


  •  
  •  
  •