प्रधामनन्त्री संसदमा उपस्थित

98
  •  
  •  
  •  

काठमाडौं, २ भदौ (ओएनएस): अमेरिकामा स्वास्थ्य उपचारका लागि असारमा गएर फर्किए यता प्रधानमन्त्री सुशील कोइराला संसदमा दोस्रो पटक उपस्थित भएका छन्। संसदमा कांग्रेसकै सभासदले प्रधानमन्त्री ससमदमा उपस्थित हुन वा प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी गराउन माग गरेपछि प्रधानमन्त्री कोइराला संसदमा उपस्थित भएका हुन् ।

सोमवार मात्रै सभामुख सुवाष नेम्पाङले कांग्रेस कै सभासदले कुरा उठाएको भन्दै संसदमा उपस्थिति हुन आग्रह गरेका थिए । सभामुखको आग्रह पछि प्रधानमन्त्री कोइराला संसदमा उपस्थित भएका हुन् ।

गत जेठ १६ गतेबाट शुरु भएको बजेट अधिवेशनमा अमेरिका जानुपूर्व पनि खासै सदनमा नजाने प्रधानमन्त्री अमेरिकाबाट साउनको ८ गते फर्केपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दा उपस्थित भएका थिए।

त्यसपछि सोमबार अप्रत्यासित रुपमा सदनमा उपस्थित भएका प्रधानमन्त्री कोइरालालाई देख्नासाथ विपक्षी दलका नेता एवम् एमाओावादी अध्यक्ष पुष्पकमल दाहालले समेत व्यग्यात्मक शैलीमा उनको उपस्थितीलाई अनौठौ र महत्वपूर्ण भनेका छन्।


  •  
  •  
  •