बुधबारदेखि खुलामञ्चमा पार्किङ गर्न नपाइने

50
  •  
  •  
  •  

काठमाडौं । बुधबारदेखि खुलामञ्चमा पार्किङ गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो ।

काठमाडौं महानगर वडा २८ ले जारी गरेको सूचनामा भनिएको छ,‘आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं ।’

खुलामञ्चमा पार्किङ गरेर अस्तव्यस्त भएको र खुला स्थान नभएको भन्दै अकुपाईं टुँडिखेलका अभियन्ताहरूले त्यहाँ पार्किङ गर्न नदिन महानगरपालिकालाई पटक/पटक पत्राचार गर्दै आएका थिए ।

त्यहाँ सर्वसाधारणदेखि सरकारी कर्मचारीले समेत निःशुल्क पार्किङ गर्दै आएका छन् । वडा २८ का वडाध्यक्ष भाइराम खड्गीले बालबच्चाहरूको लागि खेल्ने स्थान नभएपछि त्यहाँ खुला गरिदिए वातावरण बन्ने हिसाबले पार्किङ निषेध गरेको बताए ।


  •  
  •  
  •