माघ ८ गतेभित्र संविधान जारी गरिन्छ : उपप्रधान मन्त्री सिंह

206
  •  
  •  
  •  

पोखरा, २४ साउन : उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूबीच अधिकतम सहमति गर्ने र त्यो सम्भव नभए प्रक्रियामा गएर भए पनि माघ ८ गतेभित्र संविधान जारी गरिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार पत्रकार नारायण कार्कीलाई शनिबार वितरण गर्दै उनले कार्यतालिकाअनुसार नै संविधान निर्माणको काम अघि बढिरहेको बताए । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण होस् भन्ने पोखरेलीहरूको तीव्र अभिलाषा रहेको आफूले पाएको बताउँदै उहाँले सबै विधि र प्रक्रिया पु¥याएर चाँडो विमानस्थल निर्माण कार्य थालिने जानकारी दिए ।

प्रजातन्त्रका सेनानी स्व दयाशङ्कर पालिखेको स्मृतिमा उनको परिवारद्वारा स्थापित राष्ट्रियस्तरको उक्त पुरस्कारको राशि रु ३३ हजार ३३३ र सम्मानपत्र रहेको छ । पुरस्कृत व्यक्तित्व कार्की पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधानसम्पादक तथा बिबिसी नेपाली सेवाको पोखरास्थित संवाददाता छन् । महासंघका सभापति रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिखे परिवारका तर्फबाट सोनिमा पालिखे, पुरस्कृत व्यक्तित्व कार्की, पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरे ।


  •  
  •  
  •